शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

मंगलबार, फाल्गुन २५ २०७७

सप्तरी ।  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुरूङगा नगरपालिका–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरीले धानुकलाई बिराटनगर नगरपालिका–१५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।