सप्तरी । राजबिराज नगरपालिका–४ स्थित सडकबाट श्रोत नखुलेको नगद २ लाख ९६ हजार रुपैयाँ सहित हनुमाननगर कंकालिनी नगरपालिका–१४ बस्ने ३२ बर्षीय मनोज कुमार नायकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स.३ प ९५२५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक नायकलाई उक्त रकम र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।