बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एक थान पेस्तोल सहित दुई जना पक्राउ

सोमबार, फाल्गुन २४ २०७७

नवलपरासी (पूर्व) । कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित सडकबाट एक थान पेस्तोल सहित गोरखा चुमनुब्री गाउँपालिका–३ बस्ने २ जना १८ बर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.५ ख ६५६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।