नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार बिहान अर्याललाई नियन्त्रणमा लिएको हो ।
यसअघि नै यही प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित छ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सीआईबीले अर्याललाई कुन स्थानबाट र कति बजे नियन्त्रणमा लिइएको हो भन्नेबारे औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन । उनलाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी करिब दुई अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा मलेसिया पठाइएको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।