काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टीले आगामी मंसिर ८ गते मंगलबारका लागि बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् ।
बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।