शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

धादिङमा जिप ४०० मिटर तल खस्यो, एक जनाको मृत्यु, नौ जना घाइते

शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो ।

दुर्घटनामा जिपमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ निवासी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित अन्य नौ जना घाइते भएका छन् । घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।