काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ९० रुपैयाँ र भारतीय १०० रुपैयाँ कायम भएको छ। गोलभेँडा सानो लोकल प्रतिकिलो ५५ रुपैयाँ तथा टनेलको ७३ रुपैयाँ तोकिएको छ। आलु रातो लाम्चो प्रतिकिलो ५१ रुपैयाँ, गोलो र मुढे ५३ रुपैयाँ तथा भारतीय आलु ४० रुपैयाँ कायम भएको छ। सेतो आलु प्रतिकिलो ३८ रुपैयाँ र सुकेको भारतीय प्याज ८० रुपैयाँ तोकिएको छ।
त्यस्तै, लोकल गाजर प्रतिकिलो १२० रुपैयाँ र तराईको ८० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ कायम भएको छ।
बोडी तने प्रतिकिलो ९० रुपैयाँ, मकै बोडी १२० रुपैयाँ, घिउ सिमी लोकल तथा हाइब्रिड दुवै १०० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ र भटमासको कोसा १३० रुपैयाँ तोकिएको छ। तीते करेला प्रतिकिलो ५० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर लोकल तथा तराईको ८० रुपैयाँ, चिचिण्डो र घिरौँला ३० रुपैयाँ तथा झिगुनी ७० रुपैयाँ कायम भएको छ।
पाकेको फर्सी र हरियो फर्सी प्रतिकिलो ६० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, पिँडालु ८० रुपैयाँ र स्कुस ५० रुपैयाँ निर्धारण गरिएको छ।
सागसब्जीतर्फ रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ। कन्य च्याउ प्रतिकिलो ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ तथा सिताके च्याउ एक हजार रुपैयाँ कायम भएको छ।
कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निउरो १०० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ तथा जिरीको साग र सेलरी प्रतिकिलो ५०० रुपैयाँ तोकिएको छ। पार्सले प्रतिकिलो एक हजार ८०० रुपैयाँ, पुदिना ७०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ, गान्टेमूला १५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु प्रतिकिलो १६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ कायम भएको छ। रुख टमाटरको मूल्य प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ र मालभोग केरा २०० रुपैयाँ तोकिएको छ। कागती र अनार प्रतिकिलो ३०० रुपैयाँ, मालदह आँप २८० रुपैयाँ तथा चोसा आँप २५० रुपैयाँ कायम भएको छ।
तरबुजा प्रतिकिलो ६० रुपैयाँ, जुनार २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तथा लोकल काँक्रो प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ। हाइब्रिड काँक्रो प्रतिकिलो २० रुपैयाँ र लोकलक्रस काँक्रो ५० रुपैयाँ कायम भएको छ।
रुखकटहर प्रतिकिलो ६० रुपैयाँ, लोकल नास्पाती ९० रुपैयाँ र चाइनिज नास्पाती २५० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ तथा भारतीय मेवा १०० रुपैयाँ तोकिएको छ। लप्सी प्रतिकिलो ६० रुपैयाँ, किबी ४०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला २०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ कायम भएको छ।
ड्रागन फ्रुट नेपाली प्रतिकिलो ५०० रुपैयाँ र अदुवा २३० रुपैयाँ तोकिएको छ। सुकेको खुर्सानी प्रतिकिलो ५५० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी ७० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ तथा अकबरे खुर्सानी ३०० रुपैयाँ कायम भएको छ। भेडे खुर्सानी प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ।
हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ, चाइनिज सुकेको लसुन २३० रुपैयाँ र नेपाली सुकेको लसुन २०० रुपैयाँ कायम भएको छ। सुकेको र हरियो छ्यापी प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ, ताजा रहु माछा ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँमा अधिकतम थोक मूल्य निर्धारण गरिएको समितिले जनाएको छ।