काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला रु २ हजार ८०० ले बढ्दा चाँदी प्रतितोला रु १० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १९ हजार ५०० कायम भएको छ। असली चाँदीको मूल्य प्रतितोला रु ४ हजार ९७५ निर्धारण गरिएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु ३ लाख १६ हजार ७०० तथा असली चाँदी प्रतितोला रु ४ हजार ९८५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ६२३ अमेरिकी डलर तथा चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।