काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार १२७ अमेरिकी डलर तथा चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ।