आइतबार, साउन १७ २०८३

आइतबार, साउन १७ २०८३

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

आइतबार, साउन १७ २०८३

मोरङ । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट प्रहरीले एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित मिनिट्रक चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङ रहेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले शनिबार उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीले मिनिट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ परेका तामाङ र बरामद गाँजासहित मिनिट्रकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।