मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

भानुभक्तको सालिक तोडफोड आरोपमा एक जना पक्राउ

आइतबार, साउन १० २०८३

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–४ दुर्दीपुलस्थित भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन ७ गते राति भएको घटनाको अनुसन्धानका क्रममा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भई हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो।

प्रहरीले कुँवरविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरी लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।