मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

घट्यो सुनको मूल्य, चाँदी पनि सस्तो

शुक्रबार, साउन १ २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य १२५ रुपैयाँले घटेको हो।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ कायम गरेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य उतारचढावको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको महासङ्घले जनाएको छ।