मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

बिहिबार, असार ३२ २०८३

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर रावतका अनुसार ४२ वर्षीया पारु सुनारको श्रीमान् ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट बिहीबार मृत्यु भएको हो।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका दुवै जनालाई बुधबार उपचारका लागि दोधाराचाँदनीस्थित नगर अस्पताल लगिएको थियो। उपचारकै क्रममा पारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपमा रणबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।