मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेपाली कांग्रेस प्रतिष्ठानअन्तर्गत ६ उपसमिति गठन, संयोजकको जिम्मेवारी तोकियो

सोमबार, असार २९ २०८३

काठमाडौं, २९ असार — नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत छ वटा उपसमिति गठन गर्दै तिनका संयोजकको जिम्मेवारी तोकिएको छ।

प्रतिष्ठानका संयोजक तथा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विषयगत उपसमिति गठन गरेका हुन्।

निर्णयअनुसार अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिमा डा. डीबी सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई जिम्मेवारी दिइएको छ।

यस्तै, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई नियुक्त गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार उपसभापति शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको बैठकको निर्णयअनुसार संयोजकहरूको जिम्मेवारी तोकिएको हो।

बैठकले उपसमिति संयोजकहरूको मनोनयनसँगै प्रतिष्ठानको आगामी कार्यदिशा तथा समसामयिक विषयमा समेत महत्वपूर्ण निर्णय गरेको जनाएको छ।