काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला १६० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ७५ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।