काठमाडौं । स्विटजरल्याण्डले अल्जेरियामाथि २–० को जित निकाल्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा शुक्रबार बिहान सम्पन्न खेलमा स्विटजरल्याण्डले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै सहज जित दर्ता गरेको हो।
खेलको १०औँ मिनेटमा ब्रील एम्बोलोले गोल गर्दै स्विटजरल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको लगत्तै ४६औँ मिनेटमा ड्यान एनडोएले अर्को गोल थपेपछि स्विटजरल्याण्डले २–० को जित सुनिश्चित गर्यो।
यस जितसँगै स्विटजरल्याण्डले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। अब उसले क्वाटरफाइनल प्रवेशका लागि घाना र कोलम्बियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।