बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अस्ट्रियामाथि ३–० को सहज जित, स्पेन विश्वकपको अन्तिम १६ मा

शुक्रबार, असार १९ २०८३

काठमाडौं । स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको लस एन्जलसमा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै स्पष्ट जित हात पारेको हो।

स्पेनका लागि खेलको ३६औँ मिनेटमा मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता २–० बनाए।

खेलको ८९औँ मिनेटमा पुनः कुकुरेलाकै उत्कृष्ट पासलाई सदुपयोग गर्दै ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित सुनिश्चित गर्यो।

यससँगै स्पेनले सन् २०१० मा विश्वकप उपाधि जितेपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।