बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्रिय सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

बिहिबार, असार १८ २०८३

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले अनिवार्य रूपमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय तथा प्रादेशिक सरोकारका समयमा माननीय सदस्यहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित सबै मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।

रुलिङ गर्दै अध्यक्ष दाहालले भने, “राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु।”

उनको रुलिङसँगै अब राष्ट्रिय सभामा सदस्यहरूले उठाएका जनसरोकारका विषयमा सम्बन्धित मन्त्रालयले सदनमै औपचारिक जवाफ दिनुपर्ने अपेक्षा गरिएको छ।