बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दक्षिण अफ्रिकालाई इन्जुरी समयमा गोल गर्दै क्यानडा पहिलोपटक अन्तिम १६ मा

सोमबार, असार १५ २०८३

काठमाडौँ । सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा ऐतिहासिक स्थान बनाएको छ।

अमेरिकाको लस एन्जलसमा आइतबार भएको पहिलो नकआउट खेलमा निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन युस्टाकियोले निर्णायक गोल गर्दै क्यानडालाई जित दिलाए।

यो जितसँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा इतिहासमै पहिलो पटक विश्वकपको अन्तिम १६ मा पुगेको हो। यसअघि सन् १९८६ र २०२२ मा क्यानडा समूह चरणबाटै बाहिरिएको थियो।

क्यानडा समूह ‘बी’को उपविजेता र दक्षिण अफ्रिका समूह ‘ए’को उपविजेता बन्दै नकआउट चरणमा पुगेका थिए। अब क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।