काठमाडौं । विश्वकपको समूह ‘एफ’ अन्तर्गतको खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित दर्ता गरेको छ।
खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरेका हुन्।
खेलको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। त्यसपछि उएडाले ३१ र ८३ मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। साथै ६९औँ मिनेटमा इटोलले अर्को गोल थपे।
पहिलो हाफमा दुई गोल गरेको जापानले दोस्रो हाफमा थप दुई गोल गर्दै खेल एकतर्फी बनाएको थियो।
यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापान लगातार जितसँगै अन्तिम ३२ चरण नजिक पुगेको छ।
उता ट्युनिसिया भने लगातार दुई खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा ट्युनिसिया स्विडेनसँग पराजित भएको थियो।