बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विश्वकप फुटबलः पोर्चुगल–कंगोबीचकाे खेल बराबरीमा सकियाे

बिहिबार, असार ४ २०८३

काठमाडौँ । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘एल’ को खेलमा पोर्चुगल र कंगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको ह्युस्टनस्थित रंगशालामा सम्पन्न प्रतिस्पर्धामा दुवै टोलीले एक–एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।

पोर्चुगलले खेलको छैटौँ मिनेटमै अग्रता बनाएको थियो। जुआँ नेभेसले गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाएका थिए। पहिलो हाफभर पोर्चुगलले खेलमा राम्रो नियन्त्रण कायम राखे पनि अतिरिक्त समयको अन्तिम क्षणमा कंगोले खेल बराबरीमा ल्यायो।

कंगोका योआने विस्साले कर्नरबाट आएको बललाई उत्कृष्ट हेडमार्फत जाली चुमाउँदै पहिलो हाफको अन्त्यतिर टोलीका लागि बराबरी गोल गरेका थिए। त्यसपछि दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो।

जारी विश्वकपमा आज नेपाली समयअनुसार राति १ः४५ बजे इंग्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी बिहान ४ः४५ बजे घाना र पानमा आमनेसामने हुनेछन् भने बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच खेल हुनेछ।