बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फिफा विश्वकप : उरुग्वे र साउदी अरबले अङ्क बाँडे

मंगलबार, असार २ २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ मा पर्ने उरुग्वे र साउदी अरेबियाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ।

अमेरिकाको हार्ड रक स्टेडियममा आज बिहान सम्पन्न खेलमा दुवै टोलीले एक–एक गोल गर्दै अङ्क बाँडेका हुन्।

साउदी अरेबियाका लागि खेलको ४१औँ मिनेटमा अब्दुल्लाह अल–अम्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा लिएको उक्त अग्रता साउदी अरेबियाले लामो समयसम्म जोगाए पनि खेलको ८०औँ मिनेटमा उरुग्वेका म्याक्सिमिलियानो अराउजोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गियो।

यस नतिजासँगै समूह ‘एच’ का चारै टोलीले पहिलो खेलपछि समान एक–एक अङ्क जोडेका छन्। यसअघि सोही समूहको अर्को खेलमा स्पेन र केप भर्डेबीचको प्रतिस्पर्धा पनि १–१ गोलको बराबरीमा सकिएको थियो।

समूह ‘एच’ मा पहिलो चरणका सबै खेल बराबरीमा टुङ्गिएपछि नकआउट चरणको दौड थप रोमाञ्चक बनेको छ।