बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विश्वकप फुटबलका खेल हेर्न अनुमति अनिवार्य

बिहिबार, जेष्ठ २८ २०८३

हरू ठूलो पर्दामा लगाएर सामूहिक रूपमा हेर्न प्रशासनको अनुमति लिनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी गर्दै स्वीकृति नलिई प्रोजेक्टर लगाएर खेलको प्रत्यक्ष प्रशारण गर्न नपाइने नियम सुनाएको हो ।

रातिको समयमा ठूलो पर्दामा खेल प्रदर्शन गर्ने नाममा भीड जम्मा हुँदा समुदायमा असर पर्न सक्ने तथा शान्ति–सुरक्षामा चुनौती सिर्जना हुन सक्ने भएकाले यस्तो गतिविधिलाई नियमन गर्न यस्तो व्यवस्था लागू गर्नु परेको कार्यालयको दाबी छ ।

सहायक सिडिओ मुक्तिराम रिजालद्वारा जारी सूचनामा भनिएको छ, ‘२०८३/०२/२९ गतेदेखि शुरु हुने फिफा विश्वकप फुटबल २०२६ का खेलहरु काठमाडौं जिल्लाभित्र सामूहिक रुपमा प्रत्यक्ष प्रशारण गर्न चाहाने कुनै पनि संघ/संस्था वा कम्पनीले यस कार्यालयबाट पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवम् शान्ति सुरक्षा खल्बल्याउने गतिविधि नगर्न/नगराउन सम्वद्ध सबैलाई जानकारीको लागि अनुरोध छ ।’

कार्यालयका अनुसार विश्वकपका खेल सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न इच्छुक संघ–संस्थाले जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमार्फत तोकिएको ढाँचामा निवेदन दिन सक्ने छन् ।

प्राप्त निवेदनमा उल्लेख गरिएका सर्त तथा सुरक्षा संवेदनशीलता विश्लेषणपछि मात्रै अनुमति प्रदान गरिने छ ।

सूचनाको अवज्ञा गरी पूर्वस्वीकृतिविना विश्वकपका खेल प्रदर्शन गरेको, भीडभाड गराएको वा अवाञ्छित तथा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

कार्यालयले सम्बन्धित सबै पक्षलाई शान्ति–सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राखी नियम पालना गर्न पनि भनेको छ ।