बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

समूह विजेताको लक्ष्यसहित आज मलेसियाविरुद्ध नेपाल मैदानमा

बिहिबार, जेष्ठ २१ २०८३

काठमाडौं । एसियाली खेलकुद छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरमा हुने खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

समूह ‘ए’ मा रहेको नेपाल एक खेल अगावै एसियाली खेलकुदका लागि छनोट भइसकेको छ। पहिलो खेलमा चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मलेसियाको सामना गर्न तयार छ। नेपाल र मलेसियाबीचको खेल बिहीबार दिउँसो १२ः१५ बजे सुरु हुनेछ।

दुई समूहमा विभाजित प्रतियोगिताबाट शीर्ष दुई–दुई टोली एसियाली खेलकुदका लागि छनोट हुने प्रावधान रहेको छ। समूह ‘ए’ मा चीन दुवै खेलमा पराजित भइसकेपछि नेपाल र मलेसियाले एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीलाई सिंगापुर पठाएको हो। अब नेपालको लक्ष्य मलेसियालाई पराजित गर्दै समूह विजेताको रूपमा प्रतियोगिताको यात्रा अघि बढाउनु रहेको छ।