बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

चीनविरुद्ध कुशल भुर्तेलको विस्फोटक शतक, एकै ओभरमा ६ छक्का

आइतबार, जेष्ठ १७ २०८३

काठमाडौँ । एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ प्रदर्शन गरेका छन्। उनले एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै दर्शकलाई रोमाञ्चित बनाएका हुन्।

भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ खेले। आफ्नो इनिङका क्रममा उनले १६ छक्का र ५ चौका प्रहार गरे।

खेलको नवौँ ओभरमा चीनका बलर चेन झुआओविरुद्ध भुर्तेलले लगातार ६ बलमा ६ छक्का हाने। उक्त ओभरमा एक वाइडसहित नेपालले कुल ३७ रन जोड्यो।

आक्रामक लयमा देखिएका भुर्तेल १४औँ ओभरको तेस्रो बलमा आउट भए। उनको उत्कृष्ट इनिङले नेपाललाई बलियो अवस्थामा पुर्‍याएको थियो।