बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

परम्परा तोडियो, बजेट वक्तव्य नेपाली कागजको फाइलमा

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौँ । परम्परा तोडेर आर्थिक २०८३/८४ को बजेट वक्तव्य नेपाली कागजको फाइलमा ल्याइएको छ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले विगतको परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट ल्याएका हुन् ।

यसअघि व्रिफकेसमा बजेट ल्याउने गरिएको थियो । अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयबाट बजेट फाइल बोकेर मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेका छन् ।

मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि संसदमा ४ बजे वाचन गर्ने कार्यक्रम रहेको छ ।