बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

लैङ्गिक तथा अल्पसंख्यक समुदायको आत्मकथा बोल्ने डकुमेन्ट्री `बन्धन´ सार्वजनिक

बिहिबार, जेष्ठ १४ २०८३

काठमाडौं । लैङ्गिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूको जीवन संघर्ष, भोगाइ र आत्मकथामा आधारित डकुमेन्ट्री ‘बन्धन’ सार्वजनिक गरिएको छ। कार्यक्रम ‘संसार’ नामक संस्थाको आयोजनामा सम्पन्न भएको हो।

डकुमेन्ट्रीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले समाजमा भोग्नुपरेका विभेद, अस्वीकृति, पहिचानको संघर्ष तथा आत्मसम्मानका विषयलाई समेटिएको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले यस्ता समुदायका आवाजलाई मूलधारमा ल्याउन कला, साहित्य र चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

कार्यक्रममा सहभागीहरूले ‘बन्धन’ केवल डकुमेन्ट्री नभई समुदायको पीडा, आशा र आत्मसम्मानको कथा भएको उल्लेख गरे। उनीहरूले समाजमा अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति विभेद र गलत धारणा कायम रहेको भन्दै सचेतना विस्तार गर्न यस्ता सिर्जनात्मक प्रयास आवश्यक रहेको बताए।

संस्थाका प्रतिनिधिहरूले डकुमेन्ट्रीमार्फत समुदायका वास्तविक अनुभव र भावनालाई समाजसमक्ष पुर्‍याउने उद्देश्य राखिएको जानकारी दिए। कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।

नेपालको संविधानले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारलाई सुनिश्चित गरे पनि व्यवहारिक रूपमा अझै चुनौती कायम रहेको सरोकारवालाहरूले बताएका छन्।