काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदान मा भइरहेको खेलमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो ।
नेपालले बनाएको ३१७ रन टियु मैदानको अहिलेसम्मकै उच्च स्कोर बनेको छ । यसअघि नेपाल र यूएईले समान ३१० रन बनाएका थिए ।
नेपालका लागि ईशान पाण्डे ले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले । यस्तै, दीपेन्द्र सिंह ऐरी ले ५९ रन जोडे । कप्तान रोहित पौडेल ले ४६ रन बनाउँदा आसिफ शेख ले ४३ रनको योगदान दिए ।
त्यसैगरी, कुशल भुर्तेल ले २९ तथा गुलशन झा ले १५ रन बनाए ।