काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले बढेको नेप्से आज शुक्रबार पुन २७ दशमलव ४९ अंकले बढेर २७ सय ४५ दशमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २४ अंकले बढेर चार सय ६७ दशमलव ३३ अंकमा चढेको छ । तीन सय ३५ वटा कम्पनीहरुको ५३ हजार १४ पटकको कारोबारमा ७४ लाख ७८ हजार पाँच सय ६२ कित्ता शेयर किनबेच भएका छन् भने आज कुल कारोबार रकम तीन अर्ब २८ करोड ६८ लाख ७० हजार पाँच सय ५९ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक स्थिर देखिएपनि बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ६३ अंकले बढेर १४ सय ४४ दशमलव ९३ अंकमा पुगेको छ भचने जलबिद्युत समुहको सुचक पनि ६४ दशमलव ८५ अंकले बढेर तीन हजार आठ सय ५० दशमलव ८७ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ७७ दशमलव ६० अंकले बढेर १२ हजार चार सय २८ दशमलव ४८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ६१ दशमलव ७१ अंकले बढेर १० हजार सात सय ३८ दशमलव ५२ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज त्रिशुली जलबिद्युत कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा स्वालम्वन लघुवित्त वित्तीय सस्थाले सबैभन्दा बढी गुमाएको छ । होटल फरेष्ट इन नेपालको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।