काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन एक दशमलव ६४ अंकले घटेको नेप्से साताको चौंथौं कारोबार दिन आज बिहिबार छ दशमलव ९४ अंकले बढेर २७ सय १८ दशमलव १६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९५ अंकले बढेर चार सय ६४ दशमलव शुन्य आठ अंंकमा चढेको छ । तीन सय ३४ वटा कम्पनीहरुको ४५ हजार ६५ पटकको कारोबारमा ६६ लाख ८४ हजार कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार आठ सय ७७ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पााँच वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये फाईनान्स समुहको सुचक एक दशमलव ९७ अंकले घटेर २३ सय ३४ दशमलव ४३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६० दशमलव १६ अंकले घटेर १० हजार पाँच सय ७६ दशमलव ८० अंकमा पुगेको छ । लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । बाँणिज्य बैंक समुहको सुचक भने चार दशमलव ७२ अंकले बढेर १४ सय ३५ दशमलव ३० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव ३३ अंकले बढेर तीन हजार सात सय ८६ दशमलव शुन्य एक अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ५५ अंकले बढेर १२ हजार तीन सय ५० दशमलव ८८ अंकमा पुगेको पुगेको छ भने बिकास बैंक, होटल तथा पर्यटन, लघुुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज स्वालम्वन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा फरवार्ड माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।