बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बालबालिकालाई आईतवार र सोमवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आइतबार, बैशाख ६ २०८३

काठमाडौँ । सरकारले आज आइतबार र सोमबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदैछ । यस्तै १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि अलबेन्डाजोल वितरण गरिनेछ ।

अभियान सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी विभिन्न खोप केन्द्रहरूमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

हरेक वर्ष कात्तिक र वैशाखमा सञ्चालन हुने यो कार्यक्रमले बालबालिकाको आँखाको ज्योति जोगाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा कुपोषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन् ।

मन्त्रालयले नजिकैको खोप केन्द्रमा लगी आफ्ना बालबालिकालाई औषधि खुवाउन सबै अभिभावकलाई अनुरोध गरेको छ ।