बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कस्ताे रहला आज देशभर मौसम ?

शनिबार, बैशाख ५ २०८३

काठमाडौँ । आज देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेशलगायत अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।

यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसहित अन्य केही स्थानमा तातो दिन रहने सम्भावना रहेको छ।

आज राति पनि देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।