काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवादसँग सम्बन्धित रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ भइरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ अघि बढेको हो।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा भइरहेको सुनुवाइमा निर्वाचन आयोग तथा कांग्रेसका वर्तमान सभापति गगनकुमार थापालगायतलाई विपक्षी बनाइएको छ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो। उक्त महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएपछि देउवा पक्ष त्यसविरुद्ध अदालत पुगेको हो।