बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज संसदीय समिति सभापतिका लागि मनोनयन दर्ता

बिहिबार, बैशाख ३ २०८३

काठमाडौँ । संघीय संसद् अन्तर्गतका विभिन्न संसदीय समितिहरूको सभापति चयनका लागि आज मनोनयन दर्ता गरिने भएको छ। संघीय संसद सचिवालयका अनुसार मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको छ।

मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने जनाइएको छ।

सचिवालयका अनुसार भोलि दिउँसो साढे ४ बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिनेछ।

संघीय संसद् अन्तर्गत हाल १६ वटा संसदीय समिति रहेका छन्। तीमध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा तथा २ वटा संयुक्त समिति रहेका छन्।