झापा । कन्काई नगरपालिका–४ कोटीहोम क्षेत्रमा मलामी बोकेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुर्गापुरबाट माइखोलातर्फ करिब १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। घाइते दनुवारलाई उपचारका लागि सुरुङ्गास्थित कनकाई नगर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर चालक ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।