काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आइपुगेका छन् ।
नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उनी नेपाल भ्रमणमा आएका हुन् ।
भ्रमणका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।