बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साफ यू–२० च्याम्पियनसिप: नेपाल–बंगलादेश सेमिफाइनल भिडन्त आज

बुधबार, चैत्र १८ २०८२

काठमाडाैं । नेपाल यू–२० फुटबल टोली आज बंगलादेश सँग साफ यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेल खेल्दैछ ।

खेल मालेस्थित नेशनल फुटबल स्टेडियम मा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को विजेता र बंगलादेश समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेका हुन् । दुवै टोली समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

नेपालले बंगालदेशलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्य राखेको छ ।