बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

रास्वपाको चुनावी सफलतामा पाकिस्तानका प्रधानमन्त्रीको बधाई

बिहिबार, फाल्गुन २८ २०८२

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई हालै सम्पन्न आम निर्वाचनमा पार्टीले हासिल गरेको उल्लेखनीय सफलताका लागि बधाई दिएका छन्।

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री शरीफले पठाएको बधाई सन्देशमा उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्।

सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता तथा सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको पनि बताएका छन्।