प्रेम एक गीत हो रे,
अनि यो संगीत हो रे ।
प्रेम मै बाँचुम हामी
यही नै हाम्रो रित हो रे ।
चार दिनको जीन्दगीमा,
रुन हामी हुन्न रे ।
प्रेम नै साँचुन हाम्रो
राग, द्धेषले छुन्न रे ।
स्नेह हाम्रो दैनिकी रे
प्रेम हाम्रो साँहु रे।
जहाँ हामी हास्न सक्छौ,
त्यही हाम्रो ठाँउ रे ।
प्रेम नै मात्र हाम्रो,
जीन्दगीको सार हो रे ।
प्रेम नै भगवानको,
स्वच्छ एक अवतार हो रे ।
निर्देशक : पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’