शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

खैरो हिरोइनसहित नाबालिगसहित पाँच युवक पक्राउ

बुधबार, पुष २३ २०८२

बैतडी । खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजार क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूको साथबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान अघि बढाउन अदालतबाट अनुमति लिएर उनीहरूलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।