बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ, देशभर २५ जनाको नियन्त्रण

मंगलबार, पुष २२ २०८२

काठमाडौँ  । प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन्। उनीहरूकाे साथबाट ५ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारेर नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।

यसैबीच, देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरिएको छ। उनीहरू झापा, दाङ, सुनसरी, मोरङ, रूपन्देही, सिराहा, कैलाली लगायतका जिल्लाबाट पक्राउ परेका हुन्।