भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ थिमिमा साेमबार आफैँलाई गोली प्रहार गर्दा ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट राईले ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफल प्रयोग गरी गोली हानेको खुल्न आएको छ।
राईले आफ्नै घरको कोठाभित्र राइफलबाट गोली प्रहार गरेको र गोलीको आवाज सुनेपछि परिवारका सदस्यले घटनाबारे थाहा पाई प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेर प्रहरीले आवश्यक अनुसन्धान थालेको छ।
घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।