काठमाडौं । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षकको विभत्स हत्या भएको छ। वन संरक्षक रामेश्वर महतोको बन्चरो प्रहार गरी घाँटी छिनाइएको अवस्थामा शव फेला परेको हो।
शनिबार बिहान करिब ५ बजे जंगलमा रुख काटिएको आवाज सुनेपछि महतो साइकल लिएर घटनास्थलतर्फ निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए।
दिनभर परियोजनाका कर्मचारी तथा सशस्त्र प्रहरी बल सागरनाथ बेसको संयुक्त टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाउँबाट करिब २०० मिटर भित्र झाडीमा महतोको हत्या गरिएको अवस्थामा शव भेटिएको हो।
घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।