शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सन् २०२५ मा १५ लाख बढी नेपाली विदेशिए

बिहिबार, पुष १७ २०८२

काठमाडौँ । सन् २०२५ मा नेपालबाट १५ लाख २३ हजार नेपाली विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा नेपालीहरूले विदेश रोजगारी, अध्ययन र पर्यटनका लागि विभिन्न देश यात्रा गरेका हुन्।

त्यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली स्वदेश फिर्ता भएका छन्। वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालले जानकारी दिनुभयो।

सन् २०२५ मा नेपालमा पर्यटकको गतिविधि पनि उल्लेख्य देखिएको छ। १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केका छन्।

निर्देशक ढकालले भन्नुभयो, “विदेशी नागरिक अधिकांश घुम्ने प्रयोजनका लागि नेपाल आउँछन्, नेपालीहरू भने अध्ययन र रोजगारीका लागि विदेशिने गर्छन्।”

नेपालको अध्यागमन विभागले विदेशी नागरिकका लागि पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसा लगायत १० प्रकारका भिसा सुविधा प्रदान गर्दै आएको छ। यससँगै, पर्यटन तथा व्यवसाय प्रयोजनका लागि नेपालीहरू विदेश जाने क्रम पनि बढ्दो छ।