शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित युवक पक्राउ

मंगलबार, पुष १५ २०८२

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबु क्षेत्रबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले टोखा नगरपालिका–९ मङ्गल टोलस्थित एक घरबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा कालीकोटको नरहरिनाथ गाउँपालिका–२ का २४ वर्षीय धनबहादुर विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार विष्टलाई खैरो हिरोइन कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका विष्टको साथबाट ४५ दशमलव १८ ग्राम खैरो हिरोइन, विभिन्न कम्पनीका सात थान मोबाइल फोन, नगद ३५ हजार रुपैयाँ र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले विष्टलाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।