काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले सोमबार बोनश र नगद समेत गरी कुल १० दशमलव ३५ प्रतिशत लाभाँश वितरणको प्रस्ताव पारित गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको हो।
बार्षिक साधारण सभा मार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपंैंयाँ मध्येबाट कर सहितका पाँच दशमलव ३५ प्रतिशतका दरले हुन आउने १९ करोड पाँच लाख ५३ हजार रुपैंयाँ बराबरको नगद लाभाँश र पाँच प्रतिशतका दरले हुन आउने १७ करोड ७८ लाख १२ हजार रुपैंयाँ बराबरको बोनस शेयर वितरण गर्नै प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी तीन अर्ब ७३ करोड ४० लाख रुपैंयाँ पुग्ने भएको छ।