स्याङ्जा । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–९ बस्ने ७० वर्षीया कृष्ण कुमारी गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत स्याङ्जाको २०५५ जेठ २५ गतेको फैसलाले उक्त मुद्दामा ९९ हजार १ सय ५० रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।