काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका–८ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ३ सय ६० मिलिग्राम सहित कञ्चनपुर लालझाडी गाउँपालिका–५ बस्ने २७ वर्षीय गोविन्द विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका–९ प्रगती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सायर घिमिरे, २१ वर्षीय सुशिल घिमिरे र २२ वर्षीया पूर्णीमा पराजुली रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापाको दमक नगरपालिका–५ बस्ने मोरङ विराटनगर महानगरपालिका–१ घर भएका १९ वर्षीय निरज मुखियालाई अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र डाईक्लोमाइन २६ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ मनकामना चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका–१० बस्ने २९ वर्षीय बिरेन्द्र राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मनाही टोलबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका–६ बस्ने २१ वर्षीय रामनाथ यादव र भारत बिहार सुपौल बिरपुर–३ घर भएका १९ वर्षीय भुषण कुमार यादव रहेका छन्।
प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरीले प्रकाशपुरबाट मधुवनतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । जुम्लाको चन्दननाथ नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित तिला गाउँपालिका–९ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँकेको नेपालगंज उपमहानगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–२१ बस्ने २४ वर्षीय गोलु बढईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले भे.१ ह ९५१० नम्बरको ई–रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गोलुलाई पक्राउ गरेको हो । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ भुल्केधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय देव लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
चितवनको कालिका नगरपालिका–६ खोलेसिमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने २० वर्षीय सन्जय गैरे र सोही नगरपालिका–२ बस्ने २८ वर्षीय राजन महतो रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.२० प ३६६८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।