बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनपीएल : काठमाडौँ गोर्खाजले दियो पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

बिहिबार, मंसिर १८ २०८२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्ससामु १६६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन जोड्यो।

काठमाडौँका लागि ओपनर वेन चार्ल्सवर्थले उत्कृष्ट प्रदर्शन गर्दै ५५ बलमा ५ चौका र २ छक्कासहित ६४ रन बनाए। त्यस्तै भीम सार्कीले २३ बलमा ५ चौका र ४ छक्कासहित आक्रामक ५५ रनको योगदान दिए।

अन्य ब्याट्सम्यानहरू उल्लेख्य प्रदर्शन गर्न नसके। आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रनमा आउट भए। अन्त्यतिर सन्नी पटेल २ रन र कप्तान करण केसी ४ रनमा अविजित रहे।

पोखराका बलरमध्ये धनन्जय लक्षम सर्वाधिक सफल रहे । उनले ४ विकेट लिए। कप्तान कुशल भुर्तेलले २ विकेट, जबकि विपिन खत्री र किरण ठगुन्नाले १–१ विकेट हात पारे।

आजको खेल काठमाडौँका लागि प्लेअफ सुनिश्चित गर्ने अवसर हो भने पोखराका लागि प्लेअफ आशा जीवित राख्न अनिवार्य जित आवश्यक छ।