बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ग्लोबल आइएमई बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

बुधबार, मंसिर १७ २०८२

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताका लागि आकर्षक उपहार योजना सुरु गरेको छ । बैंकले फोनपे नेटवर्कमार्फत मोबाइल बैंकिङबाट कम्तीमा तीन पटक रकम ट्रान्सफर गर्ने दुई जनालाई आइफोन १७ प्रदान गर्ने घोषणा गरेको हो।

योजना अवधिमा फोनपे डाइरेक्टबाट रकम पठाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रयोगकर्ताले दैनिक सामसुङ इयरबड जित्ने अवसर पनि पाउनेछन् । यो योजना मंसिर १५ देखि पुस २५ सम्म लागू रहनेछ । बैंकले ७७ वटै जिल्लामा एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ।

विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित बैंकले रेमिट्यान्सदेखि डिजिटल बैंकिङसम्मका क्षेत्रमा व्यापक सेवा विस्तार गरिरहेको छ।